नियम ७१
पुनर्स्थापना केन्द्रमा हुनु पर्ने सुविधा
(१) बालबालिका विरूद्धको कसूरबाट पीडित बालबालिकालाई शारीरिक वा मानसिक उपचार गराउन वा सामाजिक पुनर्स्थापनाका लागि पुनर्स्थापना केन्द्रले देहाय बमोजिमका सेवाहरू उपलव्ध गराउनु पर्नेछ :- (क) आवधिक आवास, खाना तथा कपडा र तत्कालीन राहत, (ख) स्वास्थ्य उपचार, (ग) मनोविमर्श तथा मनोसामाजिक विमर्श, (घ)। औपचारिक तथा अनौपचारिक शिक्षा तथा व्यावसायिक तालीम, (ङ) परिवार तथा अभिभावकको खोजतलास, (च) पारिवारिक परमर्श, (छ कानूनी परामर्श तथा सहायता, (ज) पारिवारिक पुनर्मिलन तथा पुन एकीकरण, (झ) सामाजिक दीर्घकालीन पुनर्स्थापना । (२) बालबालिका विरूद्धको कसूरबाट पीडित बालबालिकालाई सामाजिक तथा पारिवारिक पुनस्थार्पना नभएसम्म पुनर्स्थापना केन्द्रमा राख सकिनेछ ।