दफा १३
पुनस्र्थापना केन्द्र
: (१) पीडितलाई शारीरिक वा मानसिक उपचार गराउन, सामाजिक रुपमा पुनस्र्थापना गर्न र पारिवारिक पुनर्मिलन गराउनको लागि नेपाल सरकारले आवश्यकता अनुसार पुनस्र्थापना केन्द्र स्थापना गर्नेछ ।
(१क) नेपाल सरकारसँग समन्वय गरी प्रदेश सरकार तथा स्थानीय तहले आवश्यकता अनुसार पुनर्स्थापना केन्द्र स्थापना गर्न सक्नेछ।
(१ख) नेपाल सरकारले स्थापना गरेका पुनर्स्थापना केन्द्रलाई प्रदेश सरकार वा स्थानीय तहले सञ्चालन गर्न चाहेमा नेपाल सरकारले त्यस्ता केन्द्र प्रदेश सरकार वा स्थानीय तहले सञ्चालन गर्ने गरी हस्तान्तरण गर्न सक्नेछ।
(२) कुनै संस्थाले तोकिए बमोजिम स्वीकृति लिई उपदफा (१) को उद्देश्यको लागि पुनस्र्थापना केन्द्र स्थापना र सञ्चालन गर्न सक्नेछ र नेपाल सरकारले त्यस्तो संस्था तथा संस्थाद्वारा स्थापित पुनस्र्थापना केन्द्रको नियमित र प्रभावकारी अनुगमन गर्नेछ ।
(२क) उपदफा (१क) र (१ख) बमोजिम प्रदेश सरकार वा स्थानीय तहले स्थापना र सञ्चालन गरेको केन्द्रको अनुगमन सम्बन्धित प्रदेश सरकार वा स्थानीय तहले गर्नेछ।
(३) उपदफा (२) बमोजिम सञ्चालन भएको केन्द्रलाई नेपाल सरकारले तोकिदिए बमोजिम आर्थिक तथा अन्य सहयोग प्रदान गर्न सक्नेछ ।
(४) केन्द्रमा रहेको व्यक्तिलाई सामाजिक रुपमा पुनस्र्थापना र पारिवारिक पुनर्मिलन गराउने व्यवस्था केन्द्रले गर्नेछ ।
(५) केन्द्रले पीडितलाई आवश्यकता अनुसार औषधि उपचार र परामर्श सेवा तथा सुविधाको व्यवस्था गर्नु पर्नेछ ।
(६) केन्द्रमा रहेका पीडितलाई निजको इच्छा विपरीत कसैले कुनै काममा लगाउन हुँदैन ।
(७) केन्द्रको व्यवस्थापन, सञ्चालन मापदण्ड, अनुगमन, पीडितको लागि सीपमूलक तालिम तथा रोजगारी, पुनस्र्थापना, पारिवारिक पुनर्मिलन सम्बन्धी व्यवस्था तोकिए बमोजिम  हुनेछ ।