नियम
पुरस्कारको लागि सिफारिस गर्ने आधारहरु

८. पुरस्कारको लागि सिफारिस गर्ने आधारहरु

(१) ऐनको दफा ११ को उपदफा (२) को खण्ड (ढ) वा दफा १२ को उपदफा (२) को खण्ड (ज) को प्रयोजनका लागि कुनै कर्मचारीलाई पुरस्कार
दि“दा वा दफा १३ को खण्ड (घ) बमोजिम पुरस्कारको लागि सिफारिस गर्दा देहायको आधारमा गर्नु पर्नेछः –

(क) कार्यप्रकृया सरलीकरण गरी सेवा प्रवाह छिटोछरितो बनाउन योगदान गरेको,
(ख) सेवा प्रवाहको सम्बन्धमा सेवाग्राहीको पृष्ठपोषण सकारात्मक रहेको,
(ग) राजश्व बृद्धिको लागि उल्लेखनीय काम गरेको,
(घ) प्रचलित कानूनको परिधिभित्र रही तोकिएको जिम्मेवारी भन्दा बढी कार्य कुशलतापूर्वक सम्पन्न गरेको,
(ङ) विगत दुई वर्षदेखि कुनै विभागीय सजाय नपाएको ।

(२) उपनियम (१) बमोजिम पुरस्कार दिदा वा पुरस्कारको लागि सिफारिस गर्दा पुरस्कार दिन लागिएको वा पुरस्कारका लागि सिफारिस गरिएको कर्मचारी के कस्तो कारणबाट पुरस्कार पाउन योग्य भएको हो सोको स्पष्ट कारण र वस्तुनिष्ठ आधार खुलाउनु पर्नेछ र आवश्यकता अनुसार त्यसलाई सार्वजनिक गर्न सकिनेछ ।

(३) यस नियम बमोजिम पुरस्कार दिदा वा पुरस्कारको लागि सिफारिस गर्दा प्रत्येक आर्थिक वर्षमा सम्बन्धित निकायमा बहाल रहेका कुल कर्मचारी संख्याको पाँच प्रतिशतमा नबढ्ने गरी पुरस्कार दिन वा पुरस्कारको लागि सिफारिस गर्न सकिनेछ ।