दफा
पूँजी, शेयर र शेयरहोल्डरहरू
: (१) संस्थानको प्रारम्भिक अधिकृत पूँजी दशलाख रूपैयाँको हुनेछ । सो रकमलाई दश दश रूपैयाँको जम्मा एकलाख शेयरहरूमा विभाजित गरिनेछ । नेपाल सरकारको अनुमतिले संस्थानको प्रारम्भिक अधिकृत पूँजीमा थपघट गर्न सकिनेछ ।
(२) संस्थानले निष्काशन गरेको शेयर पूँजी मध्ये साठी प्रतिशतसम्म शेयर नेपाल सरकारले लिन सक्नेछ र अरू बाँकी रहेको शेयर सर्वसाधारण जनता र सहकारी वा अन्य संस्थाहरूलाई विक्रीमा दिइनेछ ।
(३) प्रत्येक शेयर अविभाज्य हुनेछ ।
(४) साधारणतः सहकारी संस्था बाहेक अरू कुनै व्यक्ति वा सँगठित संस्थालाई ५०० भन्दा बढी संख्यामा शेयर दिनमा प्रतिबन्ध लगाउन सकिनेछ ।
(५) संस्थानको शेयरहोल्डरको दायित्व सीमित हुनेछ ।