दफा ५३
पूँजी
: (१) सहकारी बैङ्कको पूँजी साधारण शेयरले मात्र बनेको हुनु पर्नेछ ।
(२) सहकारी बैङ्कको न्यूनतम पूँजी नेपाल राष्ट्र बैङ्कले तोकिदिए बमोजिम हुनेछ ।
(३) सहकारी बैङ्कले नेपाल राष्ट्र बैङ्कको पूर्व स्वीकृति लिई साधारण सभाबाट प्रस्ताव पारित गरी आफ्नो पूँजी वृद्धि गर्न सक्नेछ ।
(४) सहकारी बैङ्कले नेपाल राष्ट्र बैङ्कले समय समयमा दिएको निर्देशन बमोजिम आफ्नो पूँजी वृद्धि गर्नु पर्नेछ।