नियम २३
पूर्ण इजलास
(१) पूर्ण इजलासमा तीन जना न्यायाधीश संलग्न रहने छन् ।
(२) पूर्ण इजलासबाट देहायका मुद्दा, निवेदन तथा प्रतिवेदन हेरिनेछ :-
(क) संयुक्त इजलासका न्यायाधीशहरू बीच राय बाझिएको मुद्दा वा प्रतिवेदन,
(ख) कुनै कानूनको व्याख्या वा कुनै कानूनी सिद्धान्तको सम्बन्धमा दुई संयुक्त इजलासको राय वा निर्णय भिन्दा–भिन्दै भई संयुक्त इजलासले पूर्ण इजलासमा पेस गर्न आदेश दिएको मुद्दा,
(ग) कुनै मुद्दामा समावेश भएको कुनै जटिल कानूनी प्रश्नको निर्णय पूर्ण इजलासबाट हुन उपयुक्त छ भन्ने कुरा संयुक्त इजलासलाई लागी सो कानूनी प्रश्न र पूर्ण इजलासबाट त्यसको निर्णय हुनु पर्ने कारण उल्लेख गरी सो इजलासले पूर्ण इजलासमा पेस गर्न आदेश दिएको मुद्दा,
(घ) संयुक्त इजलास र पूर्ण इजलासमा विचाराधीन रहेका छुटृाछुट्टै मुद्दाहरूमा उस्तै कानूनी प्रश्न समावेश भएको वा एक अर्कोसँग सम्बन्धित भएकोले दुवै मुद्दाहरूको निर्णय एकैसाथ हुन उपयुक्त छ भन्ने लागी संयुक्त इजलासले पूर्ण इजलासमा पेस गर्न आदेश दिएको मुद्दा,
(ङ) संयुक्त इजलासले अर्को संयुक्त इजलासको रायसँग सहमत नभई पूर्ण इजलासमा पेस गर्न आदेश दिएको मुद्दा,
(च) मुद्दामा समावेश भएको कानूनी प्रश्नको जटिलता र महत्वको विचार गरी प्रधान न्यायाधीशले पूर्ण इजलासमा पेस गर्न तोकिदिएको मुद्दा,
(छ) पुनरावेदनको म्याद जारी नभएको वा बेरीतपूर्वक जारी भएको वा अन्य कुनै कारणले साधकको रोहबाट फैसला भैसकेपछि पुनरावेदनको रूपमा दर्ता हुन आएको मुद्दा ।
(३) पूर्ण इजलासका न्यायाधीशहरूको राय भिन्दाभिन्दै भएमा बहुमतको रायलाई अदालतको निर्णय मानिनेछ।