दफा ६६
पूर्पक्ष सम्बन्धी व्यवस्था
(१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐन बमोजिम पक्राउ गरिएको र एक वर्ष वा सोभन्दा बढी कैदको सजाय हुन सक्ने मुद्दाको अभियोग लागेको व्यक्ति तत्काल प्राप्त प्रमाणबाट कसुरदार देखिएमा वा त्यस्तो प्रमाणबाट कसुरदार देखिन मनासिब माफिकको आधार देखिएमा त्यस्तो व्यक्तिलाई पूर्पक्षका लागि थुनामा राखी कारबाही गर्नु पर्नेछ।

(२) उपदफा (१) मा लेखिए देखि बाहेकका अरु व्यक्तिको हकमा निजलाई हुन सक्ने कैद वा जरिबानाको उपल्लो हदसम्मको नगद धरौटी वा जेथा जमानी दिए तारिखमा राखी र त्यस्तो धरौटी वा जमानी दिन नसकेमा थुनामा राखी मुद्दाको पूर्पक्ष गर्नु पर्नेछ।

तर पटके कसुर गरी छ महिनाभन्दा बढी कैद हुने कसुरदारलाई थुनामा राखी मुद्दाको पूर्पक्ष गर्नु पर्नेछ।

(३) यस दफा बमोजिम अभियुक्तलाई पूर्पक्षको लागि थुनामा राखी कारबाही गर्दा निजलाई हुनसक्ने सजायको उपल्लो हदभन्दा बढी अवधि थुनामा राख पाइने छैन।