दफा १७
पूर्वानुमान तथा जोखिम
प्रस्तुत नीति तर्जुमा गर्दा देहाय बमोजिमको पूर्वानुमान तथा जोखिममा आधारित रही गरिएको छ।

पूर्वानुमान (Assumptions)

- देश विकासका वृहत्तर लक्षहरु हासिल गर्न सूचना तथा सञ्चार प्रविधिको विकासमा आउँदा दिनहरुमा उल्लेख्य श्रोत साधनको व्यवस्थाका साथै उच्च स्तरको राजनैतिक प्रतिवद्धता रहनेछ ।

- यस नीतिको प्रभावकारी कार्यान्वयन गरिँदा विशेषत सार्वजनिक सेवा प्रवाहमा सूचना तथा सञ्चार प्रविधिको माग उल्लेख्य रुपमा बढ्न गई उक्त क्षेत्रमा निजी क्षेत्रसमेतको लगानी प्रचुर मात्रमा वढ्नेछ ।

- सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा लगानी आकर्‌षित गर्न शिघ्रातिशिघ्ग आवश्यक कानूनी तथा नियामक सुधार गरी इजाजत-पत्र तथा फ्रिक्वेन्सी स्पेक्ट्रम उपलब्धतामा देखिएका चुनौतिहरुको उचित तथा प्रभावकारी सम्बोधन हुनेछ ।

जोखिम (Risk)

- आगश्यक कानूनी तथा नियामक व्यवस्थामा अपेक्षित सुधारको अभाव हुनगई सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा लगानी वातावरण कमजोर हुन सक्नेछ ।

- विद्यमान उर्जा सङ्कटको निरन्तरताले गर्दा सूचना तथा सञ्चार प्रविधिको समग्र मागमा कमी हुन गई निजी क्षेत्रको लगानी समभावनामा नकारात्मक असर पर्न सक्नेछ ।

- सूचना तथा सञ्चार प्रविधि विकास र विस्तार सम्बन्धी प्रयासमा अपेक्षित अनुगमन तथा निगरानी कमजोर हुन गई व्यापारिक लाभ भन्दा बाहिर रहेका क्षेत्रहरु सूचना तथा सञ्चार प्रविधिको पहुँचबाट बञ्चित रही रहने अवस्था सिर्जना हुन सक्नेछ ।