नियम २०
पेशी सूची प्रकाशन गर्ने
(१) रजिष्ट्रारले आगामी हप्ताको लागि पेशीको तारेख
तोकिएको मुद्दाहरुको सूची मुद्दाको दर्ताक्रम अनुसार तयार गरी प्रत्येक हप्ताको
बिहीबारसम्ममा अध्यक्ष समक्ष पेश गर्नेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि पेशी सूची तयार
गर्दा मुल्तबीबाट जागेका मुद्दा वा सर्वोच्च अदालतको निर्णय बमोजिम पुन
इन्साफका लागि दर्ता भएको मुद्दाको शुरु दर्र्ता मितिलाई नै आधार मानी दर्ताक्रम
निर्धारण गर्नु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम पेशी सूचीमा मुद्दाका पक्षहरुको नाम, मुद्दाको
नम्बर, मुद्दा पेश हुने दिन र मुद्दामा कानून व्यवसायी नियुक्त भएको भए निजको
नाम समेत उल्लेख गरेर शुक्रबारसम्ममा न्यायाधिकरणको सूचनापाटीमा टा“स गरी
सक्नु पर्नेछ ।
(४) उपनियम (१) बमोजिम साप्ताहिक मुद्दा पेशी सूचीमा परेका
मुद्दाहरुमध्येबाट रजिष्ट्रारले दैनिक मुद्दा पेशी सूची तयार गरी सूचनापाटीमा टा“स
गर्न लगाउनु पर्नेछ र एक एक प्रति पेशी सूची सदस्यहरुलाई दिनु पर्नेछ ।
(५) उपनियम (१) बमोजिम दैनिक पेशी सूची तयार गर्दा मुद्दा दर्ता मितिको
आधारमा देहायको क्रममा तयार गर्नु पर्नेछ ः-
(क)अघिल्लो दिन हेर्दा हेर्दै बा“की रहेको मुद्दा,
(ख) थुनुवा भएको मुद्दा,
(ग) महिला जाहेरवाला वा पीडित भएको मुद्दा,
(घ) पूर्व आदेश अनुसार पेशीको निश्चित मिति तोकिएको मुद्दा ।
(६) न्यायाधिकरणमा दायर भएको अभियोगपत्रसाथ वा न्यायाधिकरणबाट
जारी भएको म्याद, पूर्जी वा वारेण्टबाट हाजिर हुन वा पक्राउ भई आएको व्यक्तिको
हकमा तत्काल बयान गराई थुनछेकको कारबाही गर्नु पर्ने रहेछ भने दैनिक मुद्दा
पेशी सूचीमा नचढेको भए पनि कारबाही गर्न सकिनेछ ।
(७) इजलास सहायकले मुद्दा पेशी हुने दिन मिसिल वुझी इजलास समक्ष पेश
गर्नु पर्नेछ । सो मिसिलउपर छलफल टु·िई फैसला वा आदेश लेखिने भएमा वाहेक
त्यस दिनको काम समाप्त भएपछि इजलास सहायकले सो मिसिल सम्बन्धित
फाँटवालालाई फिर्ता दिनु पर्नेछ ।