नियम ८१
पेश्कीको फाँटबारी पेश गर्नु पर्ने
(१) जिम्मेवार व्यक्तिले सम्बन्धित विभाग वा मन्त्रालयमा प्रत्येक आर्थिक वर्षको आषाढ महिनाको स्रेस्ता दाखिल गर्दा सो आर्थिक वर्ष भरिमा गएको र विगतको जिम्मेबारी सरेको पेश्की मध्ये फछ्र्यौट हुन बाकी रहेको पेश्की र बाँकी मध्ये फछ्र्यौट गर्नु पर्ने म्याद नाघेको र ननाघेको विवरण, नाम नामेसी र सोको कारण समेत खुलाई फाँटबारी पेश गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम पेश्कीको फाँटबारी प्राप्त भएपछि सम्बन्धित विभाग वा मन्त्रालयले पेश्कीको लगत राखी म्यादभित्र पेश्की फछ्र्यौट नगर्ने नगराउनेलाई नियम ७९ र ८४ बमोजिम कारबाही गर्नु पर्नेछ ।