नियम २६
पैठारीकर्ताले कागजात सुरक्षित राख्नु पर्ने
ऐनको दफा ३४ बमोजिम जा“चपास पछिको परीक्षण गर्ने प्रयोजनका लागि पैठारीकर्ताले आफूले पैठारी गरेका मालवस्तुसँग सम्बन्धित देहाय बमोजिमका विवरण एवं कागजात तयार गरी त्यस्तो मालवस्तु जाँचपास भएका
मितिले चार वर्षसम्म सुरक्षित राख्नु पर्नेछः–
(क) पैठारी प्रज्ञापनपत्र, महसुल तिरेको रसिद र खरिदखाता,
(ख) बिक्री बीजक तथा बिक्रीखाता,
(ग) परिमाण समेत खुलेको मौज्दात विवरण,
(घ) मालवस्तुको पैठारी र बिक्रीसँग सम्बन्धित बैङ्किङ अभिलेख,
(ङ) वासलात तथा नाफा नोक्सान हिसाब र सोसँग सम्बन्धित अन्य विवरण,
(च) आफ्नो कारोवारको विवरण कम्प्युटर प्रणालीमा राखेको भए सो प्रणाली,
(छ) पैठारी, सञ्चय र बिक्रीसँग सम्बन्धित अन्य कागजात र विवरण ।