दफा २३क
प्रचलित कानून बमोजिम हुने
: यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि दफा ३ को खण्ड (क) को उपखण्ड (७) बमोजिम तोकिदिएका प्राकृतिक वा कृत्रिम लागू औषध तथा मनोद्दीपक पदार्थ र तिनका लवणहरुका सम्बन्धमा औषधीसम्बन्धी ग्रन्थ (फर्माकोपिया) अरुमा तोकिएको नाम र परिमाणका टेवलेट, क्याप्सुल, इन्जेक्शन जस्ता फर्मास्यूटिकल बनोटकाऔषधीको उत्पादन, बिक्री वितरण, निकासी पैठारी, संचय र सेवन औषधी ऐन, २०३५
बमोजिम हुनेछ ।
तर त्यस्तो लागू औषध र मनोद्दीपक पदार्थहरुका कच्चा पदार्थ (कोरा रसायन) हरुको उत्पादन, बिक्री वितरण, निकासी–पैठारी, संचय र सेवनको सम्बन्धमा यसै ऐन बमोजिम हुनेछ ।