दफा ५
प्रज्ञा प्रतिष्ठानको काम, कर्तव्य र अधिकार
: यस ऐनमा अन्यत्र उल्लिखित काम, कर्तव्य र अधिकारको अतिरिक्त प्रज्ञा प्रतिष्ठानको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः-
(क) प्रज्ञा प्रतिष्ठानको नीति तथा कार्यक्रम तर्जुमा गर्ने,
(ख) ललितकलाको सङ्कलन, संरक्षण, सम्बद्र्धन र अध्ययन, अनुसन्धान गर्ने,
(ग) ललितकलाको क्षेत्रमा अनुसन्धानात्मक तथा मौलिक कृति सृजना गर्ने तथा त्यस्ता कृति प्रकाशन गर्ने,
(घ) ललितकलाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने स्वदेशी तथा विदेशी व्यक्तिलाई कदर, सम्मान र पुरस्कारको व्यवस्था गर्ने,
(ङ) ललितकला सम्बन्धी पुस्तकालय, ग्यालरी तथा सङ्ग्रहालय आदि स्थापना गर्ने,
(च) ललितकलाको क्षेत्रमा अध्ययन तथा अनुसन्धानको लागि विद्वत्वृत्तिको व्यवस्था गर्ने,
(छ) ललितकला सम्बन्धी विषयमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने,
(ज) नेपालका विभिन्न जात, जाति तथा समुदायका पहिचान झल्काउने ललितकलाको अध्ययन, अनुसन्धान, सम्बद्र्धन र संरक्षण गर्ने,
(झ) नेपाली ललितकलालाई विश्व समक्ष र विदेशी ललितकलालाई नेपाली समक्ष परिचित गराउने,
(ञ) ललितकलाको विकास र विस्तार गर्न सम्बन्धित संघ, संस्था तथा व्यक्तिलाई प्रोत्साहन गर्ने,
(ट) ललितकला सम्बन्धी विषयमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका गोष्ठी, कार्यशाला, सम्मेलन, प्रदर्शनी, महोत्सव तथा प्रतियोगिता आयोजना गर्ने, गराउने,
(ठ) ललितकलाको क्षेत्रसँग सम्बन्धित संघ संस्थासँग सम्बन्ध स्थापना तथा विस्तार गर्ने र त्यस्ता संघ संस्थाहरुसँग पारस्परिक सहयोग आदानप्रदान गर्ने,
(ड) लोकपक्षीय कलाको उत्थान, विकास र विस्तार गर्ने,
(ढ) यो ऐनको उद्देश्य पूरा गर्न अन्य आवश्यक काम गर्ने, गराउने ।