नियम १२३
प्रतिनिधि सभाले अस्वीकृत गरेको र संशोधन सहित फिर्ता गरेको विधेयक
(१) सभाद्वारा पारित भई प्रतिनिधि सभामा पठाइएको विधेयकलाई संशोधन सहित फिर्ता पठाइएको सन्देश प्राप्त भएमा यथाशीघ्र सचिवले सभामा टेबुल गर्नेछ र संशोधन सहितको सन्देशका प्रतिहरु सबै सदस्यलाई वितरण गर्नेछ । (२) उपनियम (१) बमोजिम संशोधन सहितको सन्देश वितरण भएपछि बसेको बैठकमा अध्यक्षको अनुमति लिई विधेयक प्रस्तुतकर्ता सदस्यले वा निजले अधिकृत गरेको सदस्यले संशोधनमाथि विचार गरियोस् भनी प्रस्ताव गर्नेछ । (३) उपनियम (२) बमोजिमको प्रस्तावमा छलफल र निर्णय गर्दा कार्यव्यवस्था परामर्श समितिको परामर्शमा अध्यक्षले आवश्यक कार्यविधि अपनाउनेछ । (४) प्रतिनिधि सभाले विधेयकमा गरेको संशोधनमा सभाको सहमति भएमा अध्यक्षले विधेयकलाई प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश गर्नेछ ।