दफा २७
प्रतिबन्धित प्रकाशन वा निषेधित प्रकाशन प्रकाशित गरेमा
कसैले दफा १४ बमोजिम
प्रतिबन्ध लगाइएको वा दफा १५ बमोजिम निषेध गरेको कुनै कुरा प्रकाशन गरेमा त्यस्तो
प्रकाशक वा सम्पादकलाई सो काम गरे बापत प्रचलित कानुनले कुनै सजाय हुने रहेछ भने सोही
बमोजिम सजाय हुनेछ र सो नभएमा
दश हजार रुपैयाँसम्म जरिवाना वा एकवर्षसम्म कैद वा
दुबै सजाय हुनेछ ।