नियम ३०
प्रतिवेदन तथा सूचना
: (१) ठेकेदारले आफूले गरेको पेट्रोलियम कार्यसम्बन्धी देहाय बमोजिमको प्रतिवेदन तथा सूचना विभागमा पेश गर्नु पर्नेछ :
(क) मासिक, त्रैमासिक तथा वार्षिक प्रतिवेदन ।
(ख) चुम्बकीय तथा गुरुत्वाकर्षण सर्भेक्षणको प्रतिवेदन ।
(ग) सतहगत भौगर्भिक सर्भेक्षणको प्रतिवेदन ।
(घ) साइस्मिक तथ्याङ्कको प्रतिवेदन र त्यसको विवेचन ।
(ङ) इनार खन्ने कार्यको प्रतिवेदन ।
(च) पेट्रोलियम भण्डार, स्थलको सीमाको जाँच पड्ताल तथा आर्थिक मूल्याङ्कन प्रतिवेदन ।
(छ) पेट्रोलियम उत्पादनको प्रतिवेदन ।
(ज) सुरक्षासम्बन्धी कार्यक्रम र दुर्घटनाको प्रतिवेदन ।
(झ) सेवा तथा मालसामान खरिद योजना र कटकेन्दारहरूसँग गरिएको सबै करारको प्रतिलिपिहरू ।
(ञ) डिजाइनको आधार, विवरण तथा नक्शा र निर्माणको अभिलेखहरू ।
(ट) पेट्रोलियम कार्यसम्बन्धी प्राविधिक जाँचपडतालको प्रतिवेदन ।
(ठ) पेट्रोलियम खर्चको विवरण ।
(ड) शैक्षिक तथा तालीम कार्यक्रमको प्रतिवेदन ।
(ढ) नेपाल सरकारले तोकिदिए बमोजिमको लेखा प्रणाली अनुसार चाहिने प्रतिवेदन ।
(ण) विभागले मागेको अन्य कुनै प्रतिवेदन ।
(२) ठेकेदारले पेट्रोलियम सम्झौताबमोजिम दिनुपर्ने सबै नमूना, प्रतिवेदन, कागजात, तथ्याङ्क तथा जानकारी विभागमा पेश गर्नु पर्नेछ ।