नियम ४१
प्रतिवेदन दिने
(१) निर्वाचन अधिकृतले निर्वाचन परिणाम प्रकाशन गरिसकेपछि मतदाता सङ्ख्या, उम्मेदवारको विवरण, खसेको मत, बदर मत, उम्मेदवारले प्राप्त गरेको मत, निर्वाचित उम्मेदवारको विवरण, निर्वाचनमा खटिएका कर्मचारीको विवरण, निर्वाचनमा भएको खर्च विवरण तथा आयोगले तोके बमोजिमका अन्य विवरण समावेश गरिएको प्रतिवेदन तयार गरी मुख्य निर्वाचन अधिकृत समक्ष पठाउनु पर्नेछ ।
(२) मुख्य निर्वाचन अधिकृतले उपनियम (२) बमोजिम निर्वाचन अधिकृतबाट प्राप्त भएका प्रतिवेदन समेतका आधारमा जिल्ला भरीको विवरण समावेश गरिएको प्रतिवेदन तयार गरी आयोग समक्ष पठाउनु पर्नेछ ।
(२) मुख्य निर्वाचन अधिकृतले उपनियम (२) बमोजिम निर्वाचन अधिकृतबाट प्राप्त भएका प्रतिवेदन समेतका आधारमा जिल्ला भरीको विवरण समावेश गरिएको प्रतिवेदन तयार गरी आयोग समक्ष पठाउनु पर्नेछ ।