नियम
प्रतिवेदन पेश गर्ने

 (१) समितिले सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरिसकेपछि आवश्यकता अनुसार संघ, प्रदेश वा स्थानीय तहमध्ये कुनै तहको छुट्टा छुट्टै वा एकीकृत प्रतिवेदन नेपाल सरकारसमक्ष पेश गर्न सक्नेछ ।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि समितिले संघ, प्रदेश वा स्थानीय तह वा सो अन्तर्गतको कुनै निकायको सङ्गठन संरचना तथा दरबन्दी तत्काल निर्धारण गर्न आवश्यक भएमा त्यस्तो तह वा निकायको हकमा अन्तरिम प्रतिवेदन पेश गर्न    सक्नेछ ।