दफा २६
प्रतिवेदन पेश गर्ने
२६. प्रतिवेदन पेश गर्नेः
(१) आयोगले वर्ष भरीमा आपूmले सम्पादन गरेका मुख्य मुख्य काम कारबाहीहरु, स्वीकृत गरेको योजना तथा कार्यक्रम र सो अनुसार क्षेत्रगत निकायबाट भएका काम तथा प्राप्त उपलव्धि समेत समावेश भएको वार्षिक प्रतिवेदन तयार गरी नेपाल सरकार समक्ष प्रस्तुत गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको प्रतिवेदन आयोगले आवश्यकता अनुसार सार्वजनिक गर्नेछ ।