दफा २७
प्रतिवेदन प्रतिवेदन प्रतिवेदन पेश गर्ने पेश गर्ने
(१) आयोगले यस ऐन बमोजिम छानविन गरिसकेपछि देहायको कुराहरु खुलाई नेपाल सरकार समक्ष प्रतिवेदन पेश गर्नु पर्नेछः–
(क) आयोगबाट छानविन गरिएका र तामेलीमा राखिएका उजूरी सम्बन्धी विवरण,
(ख) छानविनबाट पत्ता लागेको वास्तविक सत्य तथ्य सम्बन्धी विवरण,
(ग) दफा २२ बमोजिम पीडित र पीडक बीच आयोगबाट मेलमिलाप गराइएको विवरण,
(घ) दफा २३, २४ र २६ बमोजिम नेपाल सरकार समक्ष सिफारिस गरेको विषय,
(ङ) दफा २५ बमोजिम कारबाहीको लागि सिफारिस गरिएको विवरण,
(च) सशस्त्र द्वन्द्वका अन्तरनिहित कारण र भविष्यमा त्यस्ता घटना दोहोरिन नदिनको लागि गरिनु पर्ने आवश्यक नीतिगत, कानूनी, संस्थागत,
प्रशासनिक र व्यवहारिक सुधारका विषय,
(छ) प्रतिवेदन कार्यान्वयन गर्न कुनै कानून बनाउन आवश्यक भएमा सो विषय,
(ज) मानव अधिकारको प्रवद्र्धन, न्याय प्रणालीको सुदृढीकरण तथा समाजमा मेलमिलापको वातावरण सृजना गर्ने सम्बन्धमा नेपाल सरकारले तत्काल तथा भविष्यमा अवलम्बन गर्नु पर्ने कुराहरु,
(झ) आयोगले उपयुक्त सम्झेका अन्य कुराहरु ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि आयोगले छानविन गरिसकेको विषयमा समय समयमा आफ्नो सिफारिस सहित नेपाल सरकार समक्ष अन्तरिम प्रतिवेदन पेश गर्न सक्नेछ ।
(३) उपदफा (१) बमोजिम प्राप्त भएको प्रतिवेदन नेपाल सरकारले तीस दिनभित्र व्यवस्थापिका–संसद समक्ष पेश गर्नेछ ।