दफा २८
प्रतिवेदन र सूचना
: (१) ठेकेदारले विभागलाई पेट्रोलियमसम्बन्धी सबै कार्यहरूबारे नियमित र पूर्णरूपले सँचित गरी राख्नु पर्नेछ । ठेकेदारले विभागलाई प्रत्येक निर्धारित पेट्रोलियम कार्यको पूर्व सूचना दिनु पर्नेछ । नेपाल सरकारलाई आफ्नै खर्च र जोखिममा सबै पेट्रोलियम कार्यहरू सुपरिवेक्षण गर्ने अधिकार हुनेछ । ठेकेदारले नेपाल सरकारको मनासिब माफिकको संख्याको प्रतिनिधिहरूलाई आपसमा मञ्जुर गरिएबमोजिमको शर्त बन्देजमा स्थानीय यातायात
र बसोवासको व्यवस्था मिलाउनेछ ।
(२) ठेकेदारले प्रत्येक त्रैमासिक अवधि व्यतीत भएको तीस (३०) दिनभित्र सो त्रैमासिक अवधिमा गरेका पेट्रोलियम कार्यहरूको प्रतिवेदन र पेट्रोलियम खर्चको विवरण र प्रत्येक वर्ष व्यतीत भएको नब्बे (९०) दिनभित्र सो वर्षमा गरेको सबै पेट्रोलियम कार्यको प्रतिवेदन र पेट्रोलियम खर्चको विवरण विभागलाई दिनेछ । त्यस्तो त्रैमासिक एवं वार्षिक प्रतिवेदनहरूमा विभागले तोकेबमोजिमका सबै सूचनाहरू समावेश भएको हुनु पर्नेछ ।
(३) ठेकेदारले नियम वा यस सम्झौताबमोजिम करार क्षेत्र र पेट्रोलियम कार्यसम्बन्धी दिनुपर्ने प्रतिवेदनहरू तथ्यांक र सूचना तथा तिनीहरूको विश्लेषण तथा विवेचना निर्धारित समयमा विभागलाई उपलब्ध गर्नेछ ।