दफा ४७
प्रतिवेदन वा विवरण पेश गर्ने गराउने अधिकार

(१) ट्राभल वा ट्रेकिङ्ग एजेन्सीको इजाजतपत्र प्राप्त व्यक्ति वा दफा १० बमोजिम होटल वा लज दफा ४५क. बमोजिमको पर्यटन व्यवसायदर्ता गराउने व्यक्तिले तोकिएबमोजिम आवधिक प्रतिवेदन “नेपाल सरकारबाट इजाजत लिएका वा दर्ता भएकाको हकमा नेपाल सरकार र प्रदेश सरकारबाट इजाजत लिएका वा दर्ता भएकाको हकमा प्रदेश सरकार” समक्ष पेश गर्नु पर्नेछ ।
(२) उपदफा (१) मा लेखिएदेखि बाहेक नेपाल सरकारले समय समयमा ट्राभल वा ट्रेकिङ्ग एजेन्सीको इजाजतपत्र प्राप्त व्यक्ति वा दफा १० बमोजिम होटल लज ह्वा दफा ४५क. बमोजिम पर्यटन व्यवसायदर्ता गराउने व्यक्तिसंग आवश्यक देखिएमा अन्य विवरण माग गर्न सक्नेछ ।
(३) नेपाल सरकारले ट्राभल वा ट्रेकिङ्ग एजेन्सी वा होटल वा लजह्वा दफा ४५क.बमोजिमको पर्यटन व्यवसायको कार्यालय वा त्यसको काम कारवाही हुने ठाउँ निरीक्षण गर्न, गराउन र त्यसको हिसाव किताव तथा अन्य अभिलेख जाँच्न जँचाउन सक्नेछ।