दफा
प्रतिष्ठान स्वशासित र सङ्गठित संस्था हुने
(१) प्रतिष्ठान अविच्छिन्न उत्तराधिकारवाला स्वशासित र सङ्गठित संस्था हुनेछ ।
(२) प्रतिष्ठानको काम कारबाहीको निमित्त यसको एउटा छुट्टै छाप हुनेछ ।
(३) प्रतिष्ठानले व्यक्तिसरह चल, अचल सम्पत्ति प्राप्त गर्न, उपभोग गर्न र बेचबिखन गर्न वा अन्य किसिमले व्यवस्था गर्न सक्नेछ ।
(४) प्रतिष्ठानले व्यक्तिसरह आफ्नो नामबाट नालिस उजुर गर्न र प्रतिष्ठानउपर पनि सोही नामबाट नालिस उजुर लाग्न सक्नेछ ।