दफा २५
प्रतिष्ठानका शिक्षक तथा कर्मचारी
(१) प्रतिष्ठानमा आवश्यक संख्यामा शिक्षक तथा कर्मचारीहरू रहने छन्।
(२) प्रतिष्ठानका शिक्षक तथा कर्मचारीको नियुक्ति पदपूर्ति समितिको सिफारिसमा तोकिए बमोजिम हुनेछ ।
(३) प्रतिष्ठानका शिक्षक तथा कर्मचारीको काम, कर्तव्य र अधिकार, पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्त तोकिए बमोजिम हुनेछ ।