दफा १३
प्रतिष्ठानको कोष
(१) प्रतिष्ठानको आफनो एउटा छुट्टै कोष हुनेछ ।
(२) प्रतिष्ठानको कोषमा निम्नलिखित रकमहरु रहनेछन्ः–
(क) नेपाल सरकारबाट प्राप्त हुने अनुदान रकम ।
(ख) कुनै विदेशी सरकार र अन्तर्राष्ट्रिय संघ संस्थाहरुबाट प्राप्त हुने रकम ।
(ग) परामर्श सेवा एवं अनुसन्धान कार्य गरे बापत प्राप्त हुने रकम ।
(घ) अन्य कुनै स्रोतबाट प्राप्त हुने रकम ।
(३) कोषको सबै रकम नेपालको कुनै वाणिज्य बैंकमा जम्मा गरिनेछ ।
(४) प्रतिष्ठानको आफनो उद्देश्य अनुरुपको कार्य गर्नको लागि चाहिने खर्चको रकमहरु उपदफा (१) बमोजिमको कोषबाट व्यहोरिनेछ ।