दफा १७
प्रदेश भूउपयोग परिषद्को काम, कर्तव्य_र् अधिकार
यस ऐनमा अन्यत्र उल्लिखित काम, कर्तव्य र अधिकारका अतिरिक्त प्रदेश भूउपयोग _परिषद्को काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) प्रदेशस्तरको भूउपयोग सम्बन्धी नीति निर्माण र कार्यान्वयन तथा नियमन गर्ने,
(ख) प्रदेशस्तरीय भूउपयोग योजना र मापदण्ड तयार गर्ने,
(ग) तोकिए बमोजिम अन्तर स्थानीय तहको भूउपयोग सम्बन्धी विवाद समाधान गर्ने,
(घ) प्रदेश तहको भूउपयोग नक्सा डाटाबेस तयार गर्ने र अभिलेख अद्यावधिक गर्ने,
(ङ) उपयोग नभएको वा कम उपयोग भएको वा दुरुपयोग भएको वा दोहन भएको जग्गाहरूको आवश्यक व्यवस्थापन गर्ने, गराउने ।