दफा १४क
प्रदेशमा पर्यटकस्तरको होटल, लज, रेष्टुराँ तथा रिजर्ट वा बार दर्ता गराउन सकिने
(१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐन अन्तर्गत बनेको नियमावलीमा वर्गीकरण भएकामध्ये नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिए बमोजिमका होटल, लज, रेष्टुराँ तथा रिजर्ट वा बार प्रदेश सरकारले दर्ता गर्न सक्नेछ।
(२) उपदफा (१) बमोजिम दर्ता भएका पर्यटकस्तरको होटल, लज, रेष्टुराँ तथा रिजर्ट वा बारको निरीक्षण तथा परीक्षण सम्बन्धमा नेपाल सरकारलाई प्राप्त अधिकार प्रदेश सरकारले समेत प्रयोग गर्नेछ।”
(२) उपदफा (१) बमोजिम दर्ता भएका पर्यटकस्तरको होटल, लज, रेष्टुराँ तथा रिजर्ट वा बारको निरीक्षण तथा परीक्षण सम्बन्धमा नेपाल सरकारलाई प्राप्त अधिकार प्रदेश सरकारले समेत प्रयोग गर्नेछ।”