दफा
प्रधान सेनापति
(१) प्रधान सेनापतिको नियुक्ति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गर्नेछ । निजलाई दज्र्यानी चिन्ह राष्ट्रपतिबाट प्रदान गरिनेछ ।
(२) प्रधान सेनापति नेपाली सेनाको प्रमुख हुनेछ ।
(३) विदामा बसेको वा अन्य कुनै कारणले प्रधान सेनापतिको पद रिक्त हुन आएको अवस्थामा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले तोकेको नेपाली सेनाको वरिष्ठ अधिकृतले कायम मुकायम भई प्रधान सेनापतिको कार्यभार सम्हाल्नेछ ।