नियम १९
प्रधानमन्त्रीको काम, कर्तव्य र अधिकार

(१) संविधान र अन्य प्रचलित कानूनको अधीनमा रही मुलुकको शासन व्यवस्थाको सामान्य निर्देशन, नियन्त्रण र सञ्चालन गर्ने अभिभारा प्रधानमन्त्रीको हुनेछ ।
(२) प्रधानमन्त्रीको अन्य काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछः-
(क) विभिन्न मन्त्रालय तथा अन्तर्गतका कार्यालयहरुमा नेपाल सरकारको नीति, निर्णय तथा प्रचलित कानून बमोजिम कार्यसञ्चालन भइरहेको छ वा छैन निरिक्षण गर्ने र सो नभएको भए गर्न लगाउने ।
(ख) महत्वपूर्ण नीतिसम्बन्धी कुरामा विभिन्न मन्त्रालयहरुको कार्यमा समन्वय ल्याउने।
(ग) समय समयमा “मन्त्रीहरु तथा सचिवहरुलाई निर्देशन दिने र आवश्यकतानुसार त्यसको प्रगति विवरण लिने ।
(३) प्रधानमन्त्री अनुपस्थित रहेको अवस्थामा यस नियमावली बमोजिम प्रधानमन्त्रीले सम्पादन गर्ने काम निजले तोकेको उपप्रधानमन्त्रीले गर्नेछ र उपप्रधानमन्त्री नभएको वा निज अनुपस्थित रहेको अवस्थामा प्रधानमन्त्रीले तोकेको वरिष्ठ मन्त्रीले त्यस्तो काम सम्पादन गर्नेछ ।
(४) कुनै मन्त्रीको अनुपस्थितिमा त्यस्तो मन्त्रीले सम्पादन गर्ने काम प्रधानमन्त्रीले तोकेको अन्य मन्त्रीले गर्नेछ ।