दफा ७
प्रमाण उपलब्ध गराउन अनुरोध गर्न सक्ने
(१) प्रचलित कानून बमोजिम अनुसन्धान वा अभियोजन गर्न अधिकार प्राप्त अधिकारीले कुनै कसूरको अनुसन्धान वा अभियोजनमा सहयोग पुग्ने बैङ्क, वित्तीय वा व्यापारिक अभिलेख समेतको कुनै कागज, प्रमाण, सूचना वा वस्तु विदेशी राज्यमा रहेको भन्ने कुरामा विश्वास गर्नुपर्ने पर्याप्त आधार भएमा त्यस्तो कागज, प्रमाण, सूचना वा वस्तु उपलब्ध गराई दिन केन्द्रीय अधिकारी समक्ष अनुरोध गर्न सक्नेछ ।
(२) न्यायिक कारबाहीमा सहयोग पुग्ने बैङ्क, वित्तीय वा व्यापारिक अभिलेख समेतको कुनै कागज, प्रमाण, सूचना वा वस्तु विदेशी राज्यमा रहेको भन्ने कुरामा विश्वास गर्नु पर्ने पर्याप्त आधार भएमा अदालतले सो प्रयोजनको लागि आदेश गर्न सक्नेछ ।
(३) उपदफा (२) बमोजिम आदेश भएमा अदालतले त्यस्तो कागज, प्रमाण, सूचना वा वस्तु उपलब्ध गराई दिन केन्द्रीय अधिकारी समक्ष अनुरोध गर्नु पर्नेछ ।
(४) उपदफा (१) वा (३) बमोजिम कुनै कागज, प्रमाण, सूचना वा वस्तु उपलब्ध गराई दिन अनुरोध गर्दा कुनै स्थान वा वस्तुको खानतलासी गर्न वा कुनै वस्तु कब्जामा लिनु पर्ने देखिएमा सम्बन्धित अधिकारी वा अदालतले त्यस्तो स्थान वा वस्तुको खानतलासी गर्न वा कुनै वस्तु कब्जामा लिन समेत अनुरोध गर्न सक्नेछ ।