दफा ४२
प्रमाण ऐन, २०३१ मा संशोधन
प्रमाण ऐन, २०३१ को,–
(१) दफा २ को खण्ड (ग) को उपखण्ड (१) झिकिएको छ ।
(२) दफा ५ को उपदफा (१) को सट्टा देहायको उपदफा (१) राखिएको छ ः–
“(१) अदालतले देहायका कुराहरुको स्वयं न्यायिक जानकारी लिनु पर्छ ः–
(क) नेपालको इलाका,
(ख) नेपालको संविधान र नेपाल कानून,
(ग) नेपालको राष्ट्रिय झण्डा,
(घ) राष्ट्रपतिको शपथ,
(ङ) विधेयकको प्रमाणीकरण मिति,
(च) नेपाल राजपत्रमा प्रकाशित सूचनाहरु ।”
(३) दफा ३५ को उपदफा (३) मा रहेका “श्री ५ महाराजाधिराज वा” भन्ने शब्दहरु
झिकिएका छन् ।