नियम १५
प्रमाण बुझने आदेश
(१) प्रतिवादीको बयान भएपछि पेश भएको मुद्दामा दाखिल
भएका लिखत र प्रमाणहरु हेरी के कति कुरामा निर्णय दिनु पर्ने हो आदेशमा उल्लेख
गरी त्यसको लागि कुन कुन प्रमाण बुझ्नु पर्ने हो प्रष्ट गरी प्रमाण बुझ्ने आदेश गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्रमाण बुझ्ने आदेश भइसके पछि मुद्दाका पक्षले
मुद्दाको पेशी अगावै आफ्नो प्रमाण पेश गर्नु पर्नेछ ।