दफा ११
प्रमाण बुझी सकेपछि पक्ष तारिखमा नबसे पनि हुने
(१) अदालतले वादी र प्रतिवादी दुवै पक्षको प्रमाण बुझी सकेपछि कुनै पक्षले चाहेमा अदालतको अनुमति लिई तारिखमा नबसे पनि हुन्छ ।
(२) वादीले आफनो प्रमाण पेश गरेपछि निजले मात्र वा प्रतिवादीले समेत तारिख गुजारे पनि मुद्दा डिसमिस गरी फैसला गर्न हुँदैन र बुझेसम्मका प्रमाणका आधारमा मुद्दाको फैसला गर्नु पर्छ ।