दफा १६
प्रमाणको रुपमा को रुपमा को रुपमालिन सकिन लिन सकिने
(१) दफा १५ बमोजिम गरिएको अनुरोध अनुरुप विदेशी राज्यले सो राज्यको कानून बमोजिम प्रमाण बुझी केन्द्रीय अधिकारी मार्फत अदालतमा प्राप्त भएको प्रमाण कानून बमोजिम बुझिएको मानी प्रमाणको रुपमा लिन सकिनेछ ।
(२) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि विदेशी राज्यबाट प्रमाण बुझ्न इन्कार गरिएकोमा वा त्यस्तो मुलुकको सक्षम अधिकारीबाट प्रमाण नबुझिएकोमा सोही कारणले मात्र उपलब्ध अन्य प्रमाण परीक्षण गरी मुद्दाको निर्णय गर्न कुनै बाधा पर्ने छैन ।
(३) दफा १५ बमोजिम पारस्परिक कानूनी सहायताको लागि गरिएको अनुरोधको आधारमा विदेशी राज्यमा जफत भएको सम्पत्तिको मूल्य र जफत गरिएको मिति उल्लेख गरी विदेशी राज्यको आधिकारिक निकायको तर्पmबाट जारी गरिएको प्रमाणपत्र कुनै पनि न्यायिक कारबाहीको लागि प्रमाणको रुपमा लिन सकिनेछ ।
(४) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐन बमोजिम विदेशमा गरिएको साक्षी परीक्षण वा बन्द सवाललाई नेपालको अदालतमा नै साक्षी परीक्षण वा बन्द सवाल भए गरे सरह मानी प्रमाणको रुपमा लिन सकिनेछ ।