नियम १३
प्रमाणपत्र दिने
नियम ११ को उपनियम (१) बमोजिम नाम दर्ता गर्ने निकायले नाम दर्ता गर्ने निर्णय गरेका दरखास्तवालाको नाम नियम १२ बमोजिमको: दर्ता किताबमा दर्ता गरी दरखास्तवालालाई अनुसूची-५ बमोजिमको ढाँचामा नाम दर्ताको प्रमाणपत्र दिनु पर्नेछ।