दफा २१
प्रमाणपत्र सम्बन्धी व्यवस्था
(१) दफा २० बमोजिम प्राप्त भएको निवेदन जाँचबुझ गर्दा निवेदन दिने व्यक्तिलाई मेलमिलापकर्ताको प्रमाणपत्र दिन मनासिब देखिएमा परिषद्ले तोकिएको ढाँचामा प्रमाणपत्र दिनेछ ।
(२) उपदफा (१) बमोजिम दिइएको प्रमाणपत्र तीन वर्षका लागि कायम रहनेछ र त्यस्तो प्रमाणपत्र तोकिए बमोजिम नवीकरण हुन सक्नेछ ।
(३) मेलमिलापकर्ता हुनका लागि आवश्यक दफा २२ बमोजिमको योग्यता नरहेमा वा निजले कार्य सम्पादन गर्दा जालसाजपूर्ण वा किर्ते कार्य गरेमा तोकिएको कार्यविधि पूरा गरी परिषद्ले मेलमिलापकर्ताको प्रमाणपत्र रद्द गर्नेछ ।
(४) यो ऐन प्रारम्भ हुनु अघि प्रचलित कानून बमोजिम प्राप्त मेलमिलापकर्ताको प्रमाणपत्र यसै ऐन बमोजिम प्राप्त भएको मानिनेछ ।