नियम ४३
प्रमाणपत्र सम्बन्धी व्यवस्था
(१) ऐनको दफा २० को उपदफा (१) मा उल्लिखित प्रयोजनको लागि मेलमिलापकर्ताको रुपमा काम गर्न चाहने व्यक्तिले प्रमाणपत्रको लागि अनुसूची–१२ बमोजिमको ढाँ चामा परिषद् समक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्राप्त निवेदन जाँ चबुझ गर्दा निवेदकलाई मेलमिलापकर्ताको प्रमाणपत्र दिन मनासिव देखिएमा परिषद्ले अनुसूची–१३ बमोजिमको ढा“चामा प्रमाणपत्र दिनेछ ।