दफा ३६
प्रमाणपत्र स्वीकार गर्ने
(१) देहायका अवस्थामा ग्राहकले प्रमाणपत्र स्वीकार गरेको मानिनेछ ः–
(क) निजले सो प्रमाणपत्र प्रकाशन गरेमा वा प्रकाशनको लागि एक वा एकभन्दा बढी व्यक्तिहरुलाई अख्तियारी प्रदान गरेमा, वा
(ख) निजले सो प्रमाणपत्रलाई स्वीकार गरेको छ भनी विश्वास गर्न सकिने कुनै आधार भएमा ।
(२) प्रमाणपत्रलाई स्वीकार गरेको भएमा सो कारणबाट ग्राहकले सो प्रमाणपत्रमा उल्लेख भएको कुनै सूचनामाथि भर पर्ने व्यक्तिलाई देहायका कुराहरुको प्रत्याभूति गरेको मानिनेछः–
(क) ग्राहकले प्रमाणपत्रमा सूचीकृत गरिएको सार्वजनिक साँचोसँग सङ्गति राख्ने निजी साँचो धारण गर्ने अख्तियारी पाएको,
(ख) प्रमाणपत्र जारी गर्ने सिलसिलामा ग्राहकले प्रमाणीकरण गर्ने निकायलाई उपलब्ध गराएको सम्पूर्ण सूचना तथा जानकारी सही र दुरुस्त भएको तथा प्रमाणपत्रमा समाविष्ट भएका सूचनासँग सम्बद्ध सबै तथ्यहरु सत्य भएको, र
(ग) ग्राहकलाई जानकारी भएसम्म वा निजले जानेबुझेसम्म प्रमाणपत्रमा उल्लेख भएका सूचना सत्य र दुरुस्त भएको ।