नियम १९
प्रमाणपत्र

(१) आयोगले नियम ३ को उपनियम (६) र नियम ५ को उपनियम (६) बमोजिम दर्ता भएको दललाई अनुसूची–१४ बमोजिमको प्रमाणपत्र दिनेछ ।
(२) आयोगले नियम ८ को उपनियम (५) बमोजिम दुई वा दुई भन्दा बढी दल एकीकरण भई वा गाभिई कायम भएको दललाई अनुसूची–१५ बमोजिमको प्रमाणपत्र दिनेछ ।