नियम ३
प्रमाणीकरण गर्दा पुर्याउनु पर्ने रीत
(१) कसैले कुनै लिखत नेपाल सरकार परराष्ट्र मन्त्रालय वा कुनै विदेशस्थित मिशनबाट प्रमाणीकरण गराइ माग्नु परेमा प्रमाणीकरण गराई माग्नुपर्नाको कारण स्पट खोली प्रमाणीकरण गराइ माग्नु परेको लिखत समेत नत्थी गरी सो मन्त्रालय वा विदेशस्थित मिशनमा दरखास्त दिनु पर्छ ।
(२) उपनियम (१) बमोजिमको दरखास्त पर्न आएपछि सो जा“च्नु बुझ्नु पर्ने जा“ची बुझी प्रमाणीकरण गरिदिनु हुने ठहरे नेपाल सरकारको राजपत्राङ्कित अधिकृतसम्मका दर्जाको अधिकारीले यस कामका निमित्त प्रमाणीकरण गरिदिएको छ भनी जनाइ प्रमाणीकरण गरी आफ्नो कार्यालयको छाप समेत लगाई दिनु पर्दछ ।