(१) प्राधिकरणको कार्यकारी प्रमुखको रुपमा पूरा समय काम गर्ने गरी एक प्रमुख कार्यकारी अधिकृत रहनेछ ।
(२) नेपाल सरकारद्वारा मान्यता प्राप्त विश्वविद्यालयबाट प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ्ग वा विकास योजनाको विषयमा कम्तीमा स्नातकोत्तर गरीसम्बन्धित क्षेत्रमा कम्तीमा पन्ध्रवर्षको अनुभव हासिल गरेका ब्यक्तिहरुमध्येबाट नेपाल सरकारले प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्नेछ ।
(३) प्रमुख कार्यकारी अधिकृतको पदावधि नियुक्त भएको मितिले पाँचवर्षको हुनेछ ।नेपाल सरकारले प्रमुख कार्यकारी अधिकृतको पदावधि आवश्यकता अनुसार बढीमाएकबर्षको लागि थप गर्न सक्नेछ ।
(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रमुख कार्यकारी अधिकृतको काम सन्तोषजनक नभएमा नेपाल सरकारले निजलाई जुनसुकै बखत पदबाट हटाउन सक्नेछ ।
तर त्यसरी पदबाट हटाउनु अघि निजलाई सफाई पेश गर्ने मौका दिनु पर्नेछ ।
(५) कुनै कारणले प्रमुख कार्यकारी अधिकृतको पद रिक्त भएमा नेपाल सरकारले उपदफा (२) बमोजिमको योग्यता पुगेका व्यक्तिमध्येबाट बाँकी अवधिको लागि त्यस्तो पदमा अर्को ब्यक्ति नियुक्त गर्नेछ ।
(६) प्रमुख कार्यकारी अधिकृतको पारिश्रमिक, सेवाको अन्य शर्त र सुविधा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिए बमोजिम हुनेछ ।