दफा ५७
प्रमुख भई काम गर्ने व्यक्तिलाई सजाय हुने
: कुनै फर्म, कम्पनी, संस्था वा इजाजतपत्रवालाले यस परिच्छेद बमोजिम सजाय हुने कसूर गरेकोमा त्यस्तो कसूर गर्ने पदाधिकारी वा कर्मचारी पहिचान भएकोमा त्यस्तो पदाधिकारी वा कर्मचारीलाई र सो पदाधिकारी वा कर्मचारी पहिचान हुन नसकेकोमा कसूर हुँदाका बखत त्यस्तो फर्म, कम्पनी, संस्था प्रमुख भई काम गर्ने व्यक्तिलाई सजाय हुनेछ ।