दफा
प्रमुख समस्या तथा चुनौतीहरु
सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा आएको बदलिदो परिवेशमा विगतका नीति अनुरुप संस्थागत व्यवस्था हुन सकेको छैन भने इन्टरनेटको व्यापक प्रयोग सँगै सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा साइबर सुरक्षा (Cyber Security) को आवश्यकता अझ बढदै गएको छ । मोवाइल फोन तथा मोवाइल नेटवर्कको विस्तारले कन्भरजेन्स (Convergence) लगायतका अवधारणाको नीतिगत सम्वोधन गर्ने चुनौती रहेको छ । बौद्धिक सम्पतृतिको संरक्षण (Protection of Intellectual Property) तथा समग्र सुरक्षा सम्वेदनशीलतालाई विशेष नीतिगत र कानूनी व्यवस्था मार्फत सम्बोधन गर्नु आवश्यक भैसकेको छ । सूचना तथा प्रविधिको निरन्तर विकास द्वारा सिर्जित यावत चुनौतिको सामना गर्न तथा उपलव्ध अवसरको उपयोग गर्न नवीनतम नीतिगत तथा तदनुरुपको संरचनागत व्यवस्था गर्नु अत्यावश्यक भएको छ।

सूचना तथा सञ्चार प्रविधिमा भएको विकासको अवस्थालाई विश्लेषण गर्दा नेपालले सो प्रबिधिद्वारा सिर्जित अवसर तथा चुनौती सामना गर्न बदलिदो परिस्थिति अनुरुपको रणनैतिक अवधारणा अवलम्वन गर्नु जरुरी भैसकेकोछ । इन्टरनेट प्रोटोकलको प्रयोग गरी गरिने टेलिफोन (Voice Over Internet Protocol) र इन्टरनेट प्रोटोकलको प्रयोग गरी प्रशारण गरिने टेलिभिजन (Internert Protocol Television) जस्ता नवीनतम प्रकारका सूचना तथा सञ्चार प्रविधिमा आधारित सामाजिक संजालको वढ्दो प्रयोगबाट आउने चुनौतिहरू सामना गर्न आगामी दिनहरुमा नीतिगत स्पष्टता हुनु आवश्यक छ । हाल विद्यमान भिन्न भिन्न संस्थागत व्यवस्थाले गर्दा सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा विभिन्न परियोजना तर्जुमा तथा कार्यान्वयनमा समेत चुनौतीहरु देखिएका छन्‌ ।