दफा ११
प्रयोगशालाको स्थापना
(१) वातावरण संरक्षण तथा प्रदूषण नियन्त्रण सम्बन्धी कार्यमा सहयोग पु¥याउन नेपाल सरकारले आवश्यकता अनुसार विभिन्न प्रयोगशालाहरु स्थापना गर्न वा भैरहेका कुनै प्रयोगशालालाई सो कामको लागि तोक्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम स्थापना गरिएका वा तोकिएका प्रयोगशालाको अन्य काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।