नियम २४
प्रवक्ताको काम, कर्तव्य र अधिकार
२४. प्रवक्ताको काम, कर्तव्य र अधिकार
ऐनको दफा ३५ बमोजिम तोकिएका प्रवक्ताको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) आफू कार्यरत निकायमा रहेका सार्वजनिक गर्नु पर्ने सूचना प्राप्त गर्ने,
(ख) सार्वजनिक गर्नु पर्ने विषयका सूचनाहरु आफूभन्दा एक तह माथिको अधिकारीको स्वीकृति लिई नियमित रुपमा सार्वजनिक गर्ने,
(ग) कसैले कार्यालयस“ग सम्बन्धित खास विषयको जानकारी माग गरेमा प्रचलित कानून बमोजिम जानकारी दिने,
तर त्यस्तो विषयको जानकारी सार्वजनिक हितको विरुद्ध हुने भएमा त्यस्तो जानकारी दिन प्रवक्ता वाध्य हुने छैन ।
(घ) प्रवक्ताको बैठकमा भाग लिने ।