दफा १०
प्रवेश अनुमतिपत्रको नवीकरण
– (१) प्रवेश अनुमतिपत्र नवीकरण गर्न चाहने व्यक्ति वा संस्थाले प्रवेश अनुमतिपत्रको अवधि समाप्त हुनुभन्दा सात दिन अगावै तोकिएको अधिकारी समक्ष प्रवेश अनुमतिपत्र नवीकरणको लागि निवेदन दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम निवेदन परेमा तोकिएको अधिकारीले तोकिए बमोजिमको दस्तुर लिई बढीमा तीन महिनासम्मको लागि त्यस्तो प्रवेश अनुमतिपत्र नवीकरण गरी दिन सक्नेछ ।
(३) प्रवेश अनुमतिपत्रको अवधि समाप्त भएपछि त्यस्तो प्रवेश अनुमतिपत्र स्वतः रद्द हुनेछ ।