दफा १६
प्रशिक्षक सूची तयार गर्ने
(१) प्रतिष्ठानले कानून र न्यायको विषयमा तालीम वा प्रशिक्षण दिन सक्ने व्यक्तिहरुको प्रशिक्षक सूची तयार गर्नेछ ।
(२) उपदफा (१) बमोजिम सूची तयार गर्दा प्रतिष्ठानले सम्भव भएसम्म विषयगत र क्षेत्रगत रुपमा अलग अलग सूची तयार गर्नु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम तयार गरिएको सूचीलाई प्रतिष्ठानले समय समयमा अद्यावधिक गर्नेछ ।