नियम १३
प्रस्ताव कार्यान्वयन गर्नु पर्ने
: (१) प्रस्तावकले कुनै प्रस्तावको वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत भएको मितिले तीन वर्षभित्र त्यस्तो प्रस्ताव कार्यान्वयन प्रारम्भ गर्नु पर्नेछ ।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो नियमावली प्रारम्भ हुँदाका बखत वातावरणीय अध्ययन प्रतिबेदन स्वीकृत भइसकेको प्रस्तावको हकमा यो नियमावली प्रारम्भ भएको मितिले तीन वर्ष भित्र प्रस्ताव कार्यान्वयन प्रारम्भ गर्नु पर्नेछ ।

(३) उपनियम (१) वा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि विशेष परिस्थिति सिर्जना भई सो अवधिभित्र प्रस्तावको कार्यान्वयन प्रारम्भ हुन सक्ने अवस्था नभएकोमा सम्बन्धित प्रस्तावकले सम्बन्धित निकाय समक्ष म्याद थपको लागि निवेदन दिनु पर्नेछ र त्यस्तो निवेदन सम्बन्धमा कारबाही गर्दा व्यहोरा मनासिब लागेमा सम्बन्धित निकायले बढीमा दुई वर्षको अवधि थप गर्न सक्नेछ । (४) उपनियम (१), (२) बा (३) बमोजिमको अवधिभित्र प्रस्ताव कार्यान्वयन प्रारम्भ नगर्ने प्रस्तावकले यस नियमावली बमोजिम त्यस्तो प्रस्तावको पुन - वातावरणीय अध्ययन गरी वातावरणीय अध्ययन प्रतिवेदन - पेश गर्नु पर्नेछ ।