नियम १७
प्रस्ताव छनौट गर्ने
(१) नियम १५ वा १६ बमोजिम प्रस्ताव प्राप्त भएपछि मन्त्रालयले
सर्वप्रथम प्राविधिक प्रस्ताव खोली देहायका आधारमा मूल्याङ्कन गर्नु पर्नेछ ः–
(क) प्रस्तावकको आर्थिक हैसियत,
(ख) प्रस्तावकको प्राविधिक क्षमता तथा अनुभव,
(ग) प्रस्तावित जनशक्तिको कार्यदक्षता तथा अनुभव,
(घ) परियोजना कार्यान्वयन सम्बन्धी संगठनात्मक व्यवस्था, कार्यान्वयन
प्रकृया तथा कार्यतालिका,
(ङ) परियोजनाको इन्जिनियरि· डिजाइन,धधध।बिधअयmmष्ककष्यल।नयख।लउ
धधध।बिधअयmmष्ककष्यल।नयख।लउ ठ
(च) परियोजनाको वातावरणीय अध्ययन प्रतिवेदन तथा वातावरणमा पर्न सक्ने
प्रतिकूल असर न्यून गर्न अपनाइने उपाय,
(छ) परियोजना कार्यान्वयन सम्बन्धी वित्तीय स्रोत तथा तत्सम्बन्धी योजना,
(ज) परियोजनालाई बढी संभाव्य तथा उपयोगी बनाउन पेश गरिएका अन्य बैकल्पिक
प्रस्तावहरु ।
(२) उपनियम (१) बमोजिम प्राविधिक प्रस्तावको मूल्याङ्कन गर्दा मन्त्रालयले कम्तीमा
साठी प्रतिशत अङ्क प्राप्त गर्ने प्रस्तावकको प्रस्ताव छनौट गर्नु पर्नेछ । त्यसरी छनौट गर्दा
साठी प्रतिशत अङ्क प्राप्त गर्ने कम्तीमा दुई वटा प्रस्ताव छनौट हुन नसकेमा मन्त्रालयले
कम्तीमा पचास अङ्क प्राप्त गर्ने अन्य प्रस्तावकको प्राविधिक प्रस्ताव स्वीकृत गर्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम प्राविधिक प्रस्ताव स्वीकृत गरेपछि मन्त्रालयले आर्थिक
प्रस्ताव खोलिने मिति, समय र स्थान खोली प्राविधिक प्रस्ताव स्वीकृत भएका प्रस्तावकलाई
सूचना दिनु पर्नेछ ।
(४) उपनियम (२) बमोजिम प्राविधिक प्रस्ताव स्वीकृत नभएमा मन्त्रालयले सो
प्रस्ताव पेश गर्ने व्यक्तिलाई आर्थिक प्रस्ताव फिर्ता लिन आउन सूचना गर्नु पर्नेछ । त्यसरी
सूचना दिएको तीस दिनभित्र आर्थिक प्रस्ताव फिर्ता लिन आएमा मन्त्रालयले सम्बन्धित
व्यक्तिलाई सो प्रस्ताव दिनु पर्नेछ ।
(५) आर्थिक प्रस्ताव देहायको आधारमा मूल्याङ्कन गरिनेछ ः–
(क) परियोजना कार्यान्वयन गर्दा उपभोक्तास“ग लिने प्रस्तावित शुल्क,
(ख) नेपाल सरकारलाई बुझाउने प्रस्तावित रोयल्टी वा अन्य
प्रकारको रकम तथा सो रकम भुक्तानी गर्ने समय र तरिका,
(ग) सम्झौताको प्रस्तावित अवधि ।
(६) उपनियम (५) बमोजिम आर्थिक प्रस्ताव मूल्याङ्कन गरिसकेपछि मन्त्रालयले
सबैभन्दा बढी उपयुक्त देखिएको प्रस्ताव छनौट गर्नु पर्नेछ ।
(७) उपनियम (५) बमोजिम आर्थिक प्रस्ताव मूल्याङ्कन गर्दा एकभन्दा बढी प्रस्ताव
उपयुक्त देखिएमा मन्त्रालयले प्राथमिकता तोकि बैकल्पिक प्रस्ताव छनौट गर्नु पर्नेछ ।
(८) उपनियम (६) वा (७) बमोजिम प्रस्ताव छनौट भएको सात दिनभित्र मन्त्रालयले
त्यसको जनाकारी सम्बन्धित प्रस्तावकलाई दिनु पर्नेछ ।