नियम १७
प्रस्ताव पेश गर्नु पर्ने
(१) समिति समक्ष कोषको उद्देश्य हासिल हुने प्रकृतिका कार्यक्रम सञ्चालन गर्न चाहने बैंक, वित्तीय संस्था तथा सहकारी संस्था तथा तालिम दिने निकायले समितिले निर्धारण गरेको ढाँचामा प्रस्ताव पेश गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको प्राप्त प्रस्ताव जाँचबुझ गर्दा त्यस्तो प्रस्ताव कार्यान्वयन गर्न उपयुक्त देखिए समितिले त्यस्तो प्रस्ताव स्वीकृत गर्न सक्नेछ ।
(३) उपनियम (२) बमोजिमको प्रस्ताव स्वीकृत भएपछि समितिले तोकेको ढाँचामा कोष र बैंक, वित्तीय संस्था तथा सहकारी संस्था तथा कोष र तालिम दिने निकाय बीच सम्झौता गरिनेछ ।